
काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक प्रताप दास र सारदा रसाइलीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। केहि दिन अगि रिलिज “मायाले पार्यो भूमरी ” बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ।
गीतमा पछिल्लो समयकी लोकप्रिय चर्चित गायक प्रताप दास र सारदा रसाइलीको सुमधुर आवाज रहेको छ। प्रेमिला शब्दहरुले भरिएको गीतमा गीतको शव्द संगीत गोकुल ढकालको संगीत रहेको छ भने नारायण दङ्गालको एरेन्ज रहेको छ।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ।
भिडियोमा लोकप्रिय कलाकार गोकुल ढकाल र जुना कार्की फिचर्ड छन् । निर्देशक मिलन श्रेष्ठको कथा र निर्देशन भिडियोमा रहेको छ।
आकर्षक फ्रेममा मुकेश हुमागाईंले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।
उक्त गीतको भिडियो Milan Films Production Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो……