काठमाडौंँ । घैया मकै, बाँसको डोको, लगाएत गीत संगीतहरु पस्किएर अशंख्य सांगीतिक पारखिहरुको मन जित्न सफल लोकगायक रामशरण आले मगरले प्रेमीका रिशु गर्ताैलासँग विवाह गरेका छन् ।
बिहिबार गोदावरी मन्दिरमा सिमित आफन्त र साथीभाइको उपस्थितीमा दुबैले लगानगाँठो कसेका हुन् ।
शिवपुरी गाउँपालिका ५ नुवाकोटाका गायक मगर र थाहा नगरपालिका ७ की गर्ताैलाले करिब ४ वर्षको प्रेम सम्बन्ध विवाह मार्फत पूर्णता दिएका हुन् ।
गायक मगरको लोक तथा दोहोरी गीत ‘घैया मकै’, ‘बाँसको डोको’, ‘पीपल छायाँले’ लगायत चर्चित छन् ।