मोलुङ हाइड्रोपावरको सेयर आज (शुक्रबार) बाँडफाँट भएको छ। कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि २२ लाख ६४ हजार पाँच सय ५५ कित्ता सेयर जारी गरेको थियो।
कम्पनीले जारी गरेको सेयरमा ६.८३ गुणा बढी आवेदन परेको थियो। १४ लाख १७ हजार आवेदकले एक करोड ५४ लाखभन्दा बढी कित्ताको माग गरेका थिए। आवेदकमध्ये दुई लाख २६ हजार चार सय ६५ लाई प्रतिव्यक्ति १० कित्ताको दरमा र पाँच भाग्यमानीलाई भने थप एक कित्ता सहित ११ कित्ताको दरमा सेयर बाँडफाँट गरिएको छ।
कुल २७ लाख २८ हजार पाँच सय कित्ता सेयर जारी गरेको कम्पनीले दुई लाख ७२ हजार आठ सय ५० कित्ता सेयर वैदेशीक रोजगारीमा रहेकाहरूको लागि र अन्य बाँकी सर्वसाधारण सहित आयोजनाका कर्मचारी, सामूहिक लगानी कोषको लागि छुट्याएको थियो। सेयर बाँडफाँट सँगै कम्पनीको चुक्ता पुँजी ८० करोड २५ लाख रूपैयाँ पुगेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।