काठमाडौं । पाहुना टोली यूएईले आईसिसी विश्वकप लिग २ अन्तर्गत अन्तिम खेलमा नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएपछि नेपालले ३११ रनको लक्ष्य पाएको हो ।
यूएईका लागि आशिफ खानले शतकीय पारी खेले उनले ४१ बलमा १०० रन पूरा गरेका हुन् ।
वृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले अर्धशतकीय पारि खेले । वासिमले ४९ बलमा ६३ रन बनाएर आउट भए । वृत्य ९४ रन र रोहन मुस्ताफा २० रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २, सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए ।