नेपाल राष्ट्र बैंकले आज चैत ३ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ २० पैसा र बिक्री दर १४० रूपैयाँ ८४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ०९ पैसा र बिक्री दर १५९ रूपैयाँ ८१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको