उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज (शुक्रबार) राति १२ बजेबाट सकिँदै छ ।
कार्यकाल सकिएसँगै उपराष्ट्रपति पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन् ।
उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि सरकारी निवास खाली गरेका पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ ।
पुन दोस्रो कार्यकालका लागि ०७४ चैत ४ मा उपराष्ट्रपति निर्वाचित भएका थिए । त्यसअघि पुन ०७२ मा नयाँ संविधान बनेसँगै देशको दोस्रो उपराष्ट्रपतिमा चुनिएका थिए ।
०७४ फागुन २९ मा निर्वाचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिएको थियो । २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपति चुन्न आज मतदान हुँदैछ ।