काठमाडौं -विगत लामो समय ( पन्ध्र वर्ष) देखि शिक्षक पेसा मा रहेर आफ्नो शैक्षिक यात्रा पर गर्दै आउनु भएको श्री सुनिल कुमार भण्डारी श्री सातकन्या माध्यमिक विद्यालय मा अध्यापन गराउँदै आएका थिए । आफ्नो शैक्षिक यात्रा सरल र सुलभ बनाउँदै आउनु भएका भण्डारी निकै मेहनती र निकै सक्रिय शिक्षक को रुपमा विध्यालय मा परिच थिए । सहकर्मी साथिहरु र विध्यार्थी हरु संगको आफ्नो पन्ध्र वर्षीय शैक्षिक अनुभुति लाई अझ सुदृढ गर्न मेलम्ची नगरपालिका शिक्षा शाखा को आवश्यकता परिपुर्ति गर्न बिद्यालय बाट औपचारिक रुपमा बिधाइ भएका हुन् ।

 

२०६४ चैत्र महिनामा विद्यार्थीको भविष्य निर्माणमा केही गर्नु पर्छ भनेर ढुङ्गा माटाको गाह्रो अनि जस्ताको छानो भएको कच्ची विध्यालय को भवन भित्र छिरेका भण्डारी मिति २०७९ चैत्र महिना मा विध्यालय प्राङ्गण वाट वाहिरिँदा विगताका क्षणलाई व्यक्त गर्दै बाहिरीएका छन्।

१५ वर्षसम्म ओहोर दोहोर गरेको वाटोले र त्यहाँका मायाँले आफुलाई के गरायो ? हरेक आरोह अवरोह पार गर्दै गर्दा र २ वर्ष प्रशासनिक कामकाज सम्हाल्दा देखि हाल सम्म पनि आफुले विद्यालयलाई केही दिएँ र गरेँ जस्तो भान नहुँदा नहुँदै आज वालवालिकाको गहभरी आँशु र भक्कानिँदै गरेका अङ्कमालले उहाँको गला अवरुद्ध वनायो । कहिले घाम पानी भनिएन कहिले भोक तिर्खाको पनि पत्तो रहेन त कहिले अनिदो रात विताएको पनि ताजै स्मरण गर्दै ती सिकाईको दौरानमा आफुले जान अन्जानमा गरेका कुनै कमिजोरीहरु भएका होलान् अनि विद्यार्थीहरुलाई सुधार्नकै लागि ठूलो स्वर पनि गर्नु भयो होला कहिले उनीहरुकै लागि हात पनि उठे होलान् त्यस्ता अवस्थाहरुलाई आफ्नै सम्झेर विर्सन को लागी अपिल पनि गरेका छन् ।

दूध चुस्दै गरेको गाईको वाच्छो छुट्न गाह्रो माने झैँ केटा केटी टुहुरा भएको आभाष झैँ झरेका आँशुलाई आहाँ ले पुछ्न सकेनन्।,उत्तर दिनका लागि वोल्न नसकेको भन्दै माफी पनि मागेका छन् । आहाँ ले ठान्नु भयो त्यस विद्यालयलाई आफुले दिएको सर्वस्व नै रंगिन सिन्दुर,रोदन र खादा अनि भक्कानिएका अमूल्य मन सँगैको आँशु थिए । सहकर्मी शिक्षक साथीहरुको मुहारमा देखिएको फरक पनले हृदयमा झन् पीडा पाएँ समय को खेल सम्झदै शिक्षकहरूको मायालाई हृदयमा सिउँरिदै हिड्ने बचन पनि व्यक्त गरेका छन् ।

 

भण्डारी ले लिएको जिम्वारी सदाचारिता क्लव,सातकन्या स्काउट ,परीक्षा शाखा,कम्प्युटर शाखा लगायतको विभागमा आफ्नो अभाव भएको महशुस नहोस् भन्दै सीप कला कौशलहरुले आफु भएको आभाष पक्कै पनि दिलाउला नै । रहुँन्जेल जे जति सहयोग गर्न सकेँ त्यसैलाई मेरो गुन सम्झेर वर्षाउनु भएको आँशुमा मुछिएका सिन्दुरे टीका र आँसु पुछिएका खादाको फेरलाई गहना ठानेर साथमा वोकेर ल्याएको छु सायद तीनै खादा र तस्वीरहरुले मलाई सातकन्याको झल्को दिलाई न्यास्रो मेटाउला भन्ने आसा गरेको छु । सकभर मैले नविर्सुँला ती क्षणहरु जबसम्म श्वास फेरि रहने छन् । भण्डारी लाई अवस्था ल्याउन प्रत्यक्ष वा परोक्ष ढंगवाट सहयोग गर्नुहुने सहयोगी तन,मन र वचनका हस्तीहरुमा शिर ठड्याएर सलाम र शिर झुकाएर नमन् गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको