नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइत्बार बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदै सत्तापक्षमा बस्ने निर्णय गरेको पवक्ता  खतविडाले जानकारी दिए।

मन्त्रालयको संख्या यकिन गरेर मात्र सरकारमा जाने विषयमा निर्णय लिने उनले बताए।

सरकारमा जाने नजाने भन्ने विषयमा टुंगोमा पगिएको छैन्।  त्यसका लागि कुन पोर्टफोलियोमा जाने, कति संख्यामा जाने, कुन मन्त्रालयमा जाने? संघ र प्रदेश सरकारबारे छलफल गर्नुपर्ने भएकाले यो छलफलका क्रममा रहेको छ।’

एकीकृत समाजवादी पार्टीले गृहसति तीन वटा मन्त्रालयमा दाबी गर्ने तयारी गरेको छ। यसअघि उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहसहित तीन वटा मन्त्रालयमा आफूहरूको दाबी रहने बताएका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको