
बंगलादेशको राजधानी ढाकामा आजबाट सुरु भएको यू-१७ महिला साफ च्याम्पियन्सीप फुटबलमा नेपाल उद्घाटन खेलमा भारत सँग पराजित भएको छ ।
केहि समय अघि सकिएको खेलमा नेपाल भारतसँग ४-१ गोलले पराजित भएको हो ।
पहिलो हाफमै ३-० गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खाएको थियो ।
भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गर्दा पूजाले एक गोल गरिन् । नेपालका लागि वर्षा ओलीले एक सान्त्वना गोल फर्काईन् ।
उक्ता हारसँग नेपालले प्रतियोगिता हारबाट सुरुवात गरको छ । जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।
अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ । त्यस्तै अर्को आइतबार रुससँग खेल्नेछ ।
नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।