काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीपकै कानुन व्यवसायीले मुद्धाको सुनुवाई स्थगित गर्न दिएको निवेदनको आधारमा आजको सुनुवाई स्थगित भएको हो ।

सोमबारदेखि जिल्ला अदालत काठमाडौंका सन्दीपकै कानुन व्यवसायीले निवेदनपछि मुद्धाको सुनुवाई स्थगित न्यायाधीश माधव घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि पेशी चढेको थियो । न्यायाधीश घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए ।

‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको थियो । अन्तिम सुनुवाइ सकिएपछि मुद्दामा फैसला हुने बताइएको थियो ।

शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी गौशाला-२६  ले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दाको अन्तिम फैसला आउने तयारी भएकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भन्दै अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो ।

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

तर, जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।

तर, सन्दीपले विदेश जान अनुमति माग्दै दिएको निवेदनमा सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

सन्दीपविरुद्ध गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको अभियोग छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको