madhesh sarkar ma amale ko entry

मधेश प्रदेश : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसबाट सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेसंगै मधेस सरकारमा एमालेको फेरी इन्ट्री भएको छ । मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरुलाई पदबाट हटाउँदै एमालेलाई शामिल गरी मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । संघमा बनेको नयाँ सत्ता समिकरण अनुसार नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्दै उनले एमालेलाई मधेस सरकारमा सहभागी गराएर मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।

नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले कार्यभार सम्हालेको केही घण्टा नबित्दै मुख्यमन्त्री यादवले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका थिए ।

सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा एमाले मधेस सरकारमा सहभागी गराइएको हो ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सहितको गठबन्धन बनेपछि एमालेका नेता यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारी दिइएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार अपराह्न एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार तथा विकासमन्त्रीमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा मन्त्री यादवलाई शपथ ग्रहण गराएकी हुन् ।

मधेश प्रदेश सरकार पुनर्गठन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ ।

स्रोतका अनुसार नेकपा एमाले ४ वटा मन्त्रालय पाउने गरी सरकारमा सहभागी भएको हो । तत्काल एकजना मात्रै सरकारमा सहभागी भएको र पछि पुनः ३ जना सहभागी हुन सक्ने एमालेले जनाएको छ ।

यद्यपि एमाले भित्रै मन्त्रालयको विषयमा सहमति नभएकाले संसदीय दलका नेता यादव मात्रै सरकारमा सहभागी भएका छन् । मन्त्रालयको विषयमा सहमति भए लगत्तै

यता एमाले मधेस सरकारमा सहभागी भएसंगै कांग्रेसबाट सरकारमा रहेका संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार तथा विकास, वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या तथा मोहम्मद समिम गृह तथा सञ्चारमन्त्रीको पदबाट पदमुक्त भएका हुन् ।

मधेश प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरु भने मुख्यमन्त्रीले पदमुक्त नगरेसम्म नछोड्ने अडानमा थिए । उनीहरु राजिनामा नगरेरै बसिरहेका थिए ।

यता कांग्रेसका मन्त्रीहरु बर्खास्तीमा परे पनि लोकतान्त्रिक समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई मुख्यमन्त्री यादवले यथावत रह्न दिएका छन् । प्रदेश सरकारमा लोसपाबाट रमेशप्रसाद कुर्मी वन तथा वातावरण मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको