जनकपुरधाम : मधेश प्रदेश प्रमुखमा नियुक्त सुमित्रा सुवेदी भण्डारीले सोमबार जनकपुरस्थित कार्यालयमा कार्यभार सम्हालेकी छन् । सत्ता गठबन्धन हेरफेर भएसँगै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पदबाट हटाइएको थियो । उनको ठाउँमा एमाले कोटाबाट भण्डारीलाई नियुक्त गरिएको छ ।

nabniyukta pradesh pramukh

नवनियुक्त प्रदेश प्रमुख भण्डारीले सोमबारदेखि कार्यभार सम्हालेकी छन् । प्रादेशिक सरकार गठन भएयता भण्डारी मधेशको ५ औं प्रदेश प्रमुख बनेकी हुन् । यसअघि कांग्रेस कोटाबाट मिश्र, त्यसअघि एमाले कोटाबाट राजेश झा अहिराज, त्यसअघि माओवादी केन्द्र कोटाबाट तिलक परिवार र सुरुमा जसपाका कोटाबाट रत्नेश्वरलाल कायस्थ प्रदेश प्रमुख भइसकेका छन् ।

नवनियुक्त प्रदेश प्रमुख भण्डारीलाई प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले स्वागत गरेका थिए । प्रदेश प्रमुख भण्डारीले संविधान, कानून तथा विधिअनुसार प्रदेश प्रमुखले गर्नुपर्ने जिम्मेवारी निष्पक्ष तथा तटस्थरुपमा पूरा गर्ने बताइन् । उनले मधेश प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने पनि बाचा गरिन् । ‘माता जानकीको जन्मभूमि जनकपुरमा आएर सेवा गर्न पाउनु शौभाग्य हो,’ उनले सञ्चारकर्मीसित भनिन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको