जनकपुरधाम: नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा राजनीतिक शक्तिको आड्मा अपराधबाट अहिलेसम्म बच्दै आएको पछिल्लो घटनाहरुले देखाउंछ ।
आफ्नो साढे चार दशक राजनीतिक यात्रामा ६५ वर्षीय महरा प्रायः शक्तिकै वरिपरि नै बित्यो । माओवादीमा सबैभन्दा बढी लाभको पद लिनेको अग्रपङ्क्तिमा हुन् महरा । माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम सरकारमा पहिलो पटक सूचना तथा सञ्चार मन्त्री महरा बनेका थिए । माओवादी महराकै नेतृत्वमा सरकारमा गएको थियो । २०६३ सालदेखि हालसम्म महरा मन्त्री र सभामुख गरी ६ पटक उच्च पदमा बसिसकेका छन् ।
तर अपराधिक क्रियाकलाप पनि उतिकै उच्च महराको रहेको छ । महरा जति विवादित भए माओवादी शान्ति प्रक्रियामा आएपछि भए । उनको व्यक्तित्व शालीन छ । माओवादी जनयुद्धमा पनि उनी इमान्दार नेताको रूपमा चिनिन्थे । माओवादी लडाकू व्यवस्थापनका लागि शिविर निर्माण र उनीहरूको व्यवस्थापनका नाममा राज्यकोषबाट करिब ४० करोड रुपैयाँ पेस्की फर्छ्योट नभएको भन्दै महालेखा परीक्षक कार्यालयले प्रश्न उठाएको थियो । महराको जीवनमा यो नै पहिलो आरोप थियो ।
त्यसो त महरा गृहमन्त्री बनेका बेला आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न सांसद खरिद गर्नुपर्ने भन्दै २०६७ सालमा ५० करोड रुपैयाँ चिनियाँसँग डिल गरेको अडियो सार्वजनिक भएको थियो । त्यसमाथि महरा सञ्चारमन्त्री भएकै बेला टेलिकमको फ्रिक्वेन्सी सस्तो मूल्यमा निजी कम्पनीहरूलाई दिएको आरोप त छँदै थियो ।
शक्तिशाली महरालाई कसले छुन सक्ने । आरोपैआरोपमा घेरिँदा पनि महरालाई छानबिन गर्ने आँट कसैले गरेनन् । किनकि त्यतिबेला माओवादी अध्यक्ष प्रचण्डका विश्वास पात्र थिए महरा । त्यसो त राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा सुमधुर सम्बन्ध राख्न महराले सक्ने माओवादीभित्र चर्चा हुन्थ्यो ।
यसबाहेक संसद सचिवालयकी कर्मचारीलाई बलात्कारको आरोप, कौडीको भाउमा फ्रिक्वेन्सी वितरण, चिनियाँसँग मागेको ५० करोडको टेप काण्ड, मन्त्री बन्न अख्तियारको क्लिन चिट, अर्थमन्त्री भएको बेला ६६ करोड गैरबजेटरी रकमान्तर, निर्दोषलाई जनसेनाको हिरासतमा यातनाको आदेश, २०६४ वैशाख ७ गतेदेखि शान्ति मन्त्रालय अन्तर्गतको शान्तिकोषले लडाकूको लागि दिएका रकम भ्रष्टाचार, कर फस्र्योटको नाममा २१ अर्ब भन्दा बढी लुट मच्चाएका सह–सचिव शर्मा सँग अर्थमन्त्री हुँदा महराको कनेक्नसन, छोराको एनजीओमा चिनियाँ लगानी र पछिल्लो पटक सुन काण्डका सहित कयौं अपराधिक घटना छन् ।
अदालतले सफाइ दिए पनि महराको राजनीतिक जीवन भने ध्वस्त नै भयो । त्यसपछि उनी पार्टी राजनीतिमा खुम्चिए । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लागे तर आफू उम्मेदवार बनेनन् । त्यसपछि माओवादीले महरालाई गत वर्ष भएको ८औँ महाधिवेशनबाट उपाध्यक्ष बनायो भने र केही समय पार्टीको प्रवक्ताको जिम्मेवारी पनि दियो ।
महराको सत्ता यात्रा
शिक्षण पेसा त्यागेर राजनीतिमा होमिएका महरा तत्कालीन नेकपा (मशाल) का रोल्पा सेक्रेटरी बनेका थिए । २०४८ सालको पहिलो आमनिर्वाचनमा रोल्पाबाट चुनाव जितेका थिए । त्यतिबेला नेकपा (मशाल) को नेतृत्व प्रचण्डले नै गरेका थिए । त्यसपछि महरा संसदीय दलको नेता बनेका थिए ।
महरा पहिलोपटक २०६३ साल चैतमा मन्त्री बने । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । त्यसपछि २०६४ सालमा संविधानसभाको चुनाव भयो, उनी दाङबाट निर्वाचित भए । माओवादी पहिलो शक्तिको रूपमा उदायो । सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले लिए, उक्त सरकारमा पनि २०६५ सालमा महरा सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।
त्यस्तै २०६७ सालमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका महरा २०७३ सालमा पनि उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बने । त्यसैगरी महरा २०७४ सालमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेका थिए । २०७४ सालमा भने माओवादीले महरालाई सभामुखमा उठायो र निर्वाचित पनि भए । माओवादी जतिपटक सरकारमा गयो महरा त्यति नै पटक मन्त्री भइरहे । जब महरा सभामुख भए त्यसपछि उनको ओरालो यात्रा सुरु भयो ।
बक्समा हाल्ने पक्राउ परेका महरा अस्पताल भर्ना
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पताल लागिएको छ । उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।
नर्भिक अस्पताल उच्च स्रोतका अनुसार महरालाई नर्भिकको इमरजेन्सी वार्डमा राखिएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । ’परीक्षण पछि कस्तो रिपोर्ट आउँछ त्यसअनुसार भर्ना गर्ने÷नगर्ने भन्ने टुंगो लाग्छ,’ स्रोतले भन्यो, ’उहाँको स्वास्थ्य अवस्था कमजोर भएपछि इमरजेन्सीमा राखेर उपचार भइरहेको हो ।’
सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेस गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको हो ।
महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको थियो ।