काठमाडौं: आधा दर्जन फर्मविरुद्ध राजस्व अनुसन्धान विभागले ७९ करोड रुपैयाँ मागदाबी गरर मुद्दा दायर गरेको छ । राजस्व छली गरेर कारोबार गरेको पाइएपछि विभागले उक्त फर्महरूविरुद्ध मुद्दा दायर गरेका हुन् ।
विभागले उक्त फर्महरूले २०८० भदौ २१ गतेसम्म भीसीटीएस प्रणालीमा प्रविष्ट गरेको विवरण हेर्दा ६ करोड ६५ लाख २२ हजार ६ सय ६० रुपैयाँको मालवस्तु बिक्री र ६ लाख ४९ हजार ४ सय रुपैयाँ बराबरको मालवस्तु बिलबिनै खरिद गरेको देखिएको जनाएको छ ।
ययरी करदाताले भन्सार चोरीपैठारी गरेर मालवस्तुको कारोबार गरि राजस्व चुहावट गरेको देखिएकाले उक्त फर्मले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरि ऐनको विभिन्न व्यवस्थाको उल्लंघन भएकाले सन्दिप ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र उक्त फर्मको प्रोपाइटर बिमलावती देवी चौधरी कुर्मीबाट बिगोसहित १२ करोड ८५ लाख २६ हजार ३ सय ८० रुपैयाँ र ऐनको अन्य व्यवस्था अनुसार कारबाही गरिपाउँ भनि विभागले उच्च अदालत बुटवलमा अभियोग दायर गरेको हो ।
त्यस्तै भीसीटीएस प्रणालीमा खरिद बिक्री विवरण गुरु इम्पेक्स, शुभश्री इन्टरप्राइजेज, न्यु कञ्चन इन्टरप्राइजेज, न्यू एसकुमार इन्टरनेसनललाई राजस्व छलिगरेको आरोपमा मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताएका हुन् । विभागले पछिल्लो समय राजस्व चुहावट नियन्त्रणका लागि सक्रियता बढाएको छ ।