जनकपुरधाम: वीरगञ्जको एक क्यासिनोबाट चार जना पक्राउ परेको छ ।

वीरगञ्ज महानगरपालिका–१५ भिस्वा होटलको क्यासिनोबाट चारजना नेपालीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा कास्कीको पोखरा महानगरपालिका–१५ का ३२ वर्षीय प्रताप लामा (सीएमजी क्लबको सेक्युरिटी गार्ड), सर्लाहीको बरहथवा नगरपालिका–११ का ३४ वर्षीय उमेश कार्की (सीएमजी क्लबकै मार्केटिङ म्यानेजर), वीरगञ्ज–१६ का ३४ वर्षीय पप्पु सिंह (सीएमजी क्लबको मनिटर) र वीरगञ्ज–८ का ४० वर्षीय सुरजकुमार कलवार रहेका छन् ।

होटलको क्यासिनोमा नेपालीहरुलाई छिराउँदै अनधिकृत रुपमा जुवा खेलाउने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी कुमारबिक्रम थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको