५ वर्षमै ११०१ बलात्कार घटना, महिलाभन्दा बालबालिका बढी शिकार

सुभाष कर्ण 

जनकपुरधाम:मधेश प्रदेशमा बलात्कारको घटना तिव्र रुपमा बढदै गएको छ । गत वर्ष २०२३ मा मात्रै १८७ वटा बलात्कार र ४१ वटा बलात्कारको घटना भएको छ ।

बलात्कार घटनाका सबभन्दा बढी शिकार बालबालिका भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तक २०२४ अनुसार १ सय ८ बालबालिका बलात्कार घटनाका शिकार भएकी छिन् ।

प्रदेशका सप्तरी र सिरहा जिल्ला बलात्कार घटनाको उच्च स्थानमा रहेको छ सबभन्दा कम बलात्कारका घटना महोत्तरीमा भएको । दुवै जिल्लामा एक वर्षभित्र ४३÷४३ वटा बलात्का घटना भएको हो । इन्सेकका अनुसार सप्तरीमा २१ महिला र २२ बालबालिका तथा सिरहा जिल्लामा १८ महिला र २५ बालबालिका बलात्कार घटना दर्ज भएको हो ।

यस्तै धनुषामा ६ महिला र ८ बालबालिका गरी १४, महोत्तरीमा एक मात्र महिला, सर्लाहीमा १० महिला र १६ बालबालिका गरी २६, रौतहटमा १० महिला र ६ बालबालिका गरी १६, बारामा महिला र १४ बालबालिका गरी १९, पर्सामा ८ महिला र १३ बालबालिका गरी २१ वटा बलात्कारको घटना भएको इन्सेकको वर्ष पुस्तकमा उल्लेख छ ।

यस्तै बोक्सी घटनामा केही न्यूनीकरण आएको छ । प्रदेशका ८ जिल्ला मध्ये सिरहा, रौतहट र बारामा एउटा पनि बोक्सी घटना गतवर्ष भएको छैन । बोक्सी घटनामा पनि सप्तरी नै सबभन्दा अगाडि रहेको छ । इन्सेक वर्ष पुस्तका अनुसार सप्तरीमा ५, धनुषामा एक, महोत्तरीमा ४ र पर्सामा २ वटा बोक्सीको घटना भएको हो ।

गत ५ वर्षको तथ्यांक हेर्ने हो भने मधेशमा महिला र बालबालिका गरी एक हजार एक सय १ बलत्कार घटना भएको छ । तथ्यांक अनुसार सबभन्दा बढी सन् २०२१ मा २५७ वटा बलात्कारको घटना प्रहरी तथ्यांकमा दर्ज रहेको छ । तथ्यांक अनुसार सन् २०२३ मा २१८, सन् २०२२ मा २३५ र सन् २०२१ म २०४ वटा बलात्कार भएको हो ।

महिला र बालबालिका समेत गत ५ वर्षको अवधिमा सबभन्दा बढी सिरहामा २४१ वटा र सप्तरीमा २२४ वटा बलात्कार घटना भएको हो । इन्सेकको वर्ष पुस्तकहरुको तथ्यांक अनुसार धनुषामा १३८, महोत्तरीमा ११३, सर्लाहीमा ४३, रौतहटमा ११५, बारामा १०९ र पर्साममा १५७ वटा बलात्कार घटना भएको हो ।

किन बढदैछ बलात्कार घटना

कडा कानूनको आभाव र विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा प्रदेशमा बलात्कार घटना दिनानुदिन बढदै गएको मनोविज्ञ तथा अधिकारकर्मीहरुको भनाई छ ।

अशिक्षाका कारण बलात्कारका घटना हुने गरको भन्नेहरू पनि छन्, तर यहाँ त शिक्षितहरूबाट नै घटना भएका उदाहरणहरू प्रशस्त भेटिन्छन ्। यसर्थ अहिलेका मानिसमा शिक्षाको कमीले होईन बलत्कारी सोचका कारणले घटना भई रहेका छन् । हिंसा र बलत्कारका घटना बढ्दै जान थाले पनि त्यसको न्यूनिकरणका लागि नेपालमा पनि बलात्कारीलाई फाँसीको सजाय हुनु पर्ने विषय निकै पहिला देखि नै उठेको छ ।

महिला अधिकारकर्मीहरूले महिलामाथि हुने हिंसा तथा बलात्कारका घट्ना न्यूनिकरणका लागि बलात्कारीलाई फाँसीकै सजाय हुनु पर्ने धाराणा राख्दै आई रहेका छन् । उनीहरूले नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेकोमा चिन्ता व्यक्त गरि रहेका छन् । शान्ति सम्झौता देखि आजसम्म नेपालमा हेर्ने हो भने महिलाहरू निरन्तर रूपमा पीडित हुने, यौन हिंसा र बलात्कारपछि महिलाहरूको हत्या गरिने र अपराध गर्ने व्यक्तिहरू कानुनसँग पनि नडराउने परिस्थिति बनेको छ । अनुसन्धान गर्ने व्यक्ति र न्यायसँग पनि उनीहरूलाई डर छैन र यो परिस्थिति दोहोरिँदै आइरहेको र यसले दण्डहीनता बढाएको महिला अधिकारकर्मीहरूले बताउँदै आएका छन् ।

विगत केही वर्षयता मोबाइलको बढदो प्रयोग र सामाजिक सञ्जालको कारणले पनि बलात्कार घटनामा वृद्धि हुने गरेको मनोचिकित्सकहरुको भनाई छ । बलात्कार घटनामा सबभन्दा बढी बालबालिका नै पिडीत हुनुले देखाउंछ कि सामाजिक सञ्चाल र बढदो मोबाइल प्रयोगले बलात्कार घटना बढेको हो ।

बालबालिकाहरु मोबाइल मार्फत सामाजिक सञ्जालहरुमा उतेजक तथा अश्ललील फोटो भिडियोहरु हेर्दा उतेजित भएपछि बलात्कार घटनालाई परिणाम दिने अवस्थासम्म पुग्ने गरेको मनोचिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको