जनकपुरधाम:गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्रालयले खोटाँग, ताप्लेजुङ, तेरहथुम, दार्चुलाको प्रजिअलाई सरुवा गरेको छ भने धनुषा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, संखुवासभा, जाजरकोटमा पदस्थापन गरिएको छ ।

धनुषामा चक्रपानी पाण्डेयको ठाउँमा रामुराज कडारियालाई गृहमन्त्रालयबाट पदस्थापन गरिएको छ । रामुराज कडारिया यसअघि महोत्तरीका जलेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । यस्तै खोटाँगमा शिवकुमार कार्की, ताप्लेजुङमा रविन्द्र आचार्य, तेरहथुममा मीना अर्याल, दार्चुलामा यज्ञराज जोशी, सरुवा गरिएको छ ।

अर्घाखाँचीमा सुर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, संखुवासभामा ध्रुवबहादुर खड्का र जाजरकोटमा ऋषिराज आचार्यलाई पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको