राजविराज:सप्तकोशी नदीको डुंगाबाट अबैध लागू औषध गाँजाको तस्करी भइरहेको खुलासा भएको छ । पछिल्लो पटक सो नदीमा डुंगाबाट ओसारपसार भइरहेको १६४ किलो गाँजा बरामद भएपछि तस्करी भइरहेको खुलेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न.१ स्थित सप्तकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो । ५÷६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यता नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको थापाले बताए । गाँजा तस्करीमा संलग्न व्यक्तिहरू भने भागेको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गणले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५ सय ६४ किलो गाजा बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको