काठमाडौ:उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
उनीहरूले गृहमन्त्री लामिछाने सहकारी ठगी र अर्थमन्त्री पुन सुन तस्करीमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका हुन् । बुधवार भृकुटीमण्डपस्थित नेपाल ल क्याम्पसबाट निकालिएको जुलुसमा सहभागीले गृहमन्त्री र अर्थमन्त्रीमाथि छानबिनको मागसमेत गरेका छन् ।
नेविसंघका कार्यकर्ता सुनको प्रतिमा बनाएर र नक्कली सुनको गहना लगाएर सडकमा उत्रिएका थिए । कांग्रेसले संसद्मा पनि गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने मंगलवार संसद् बैठकमा लामिछानेको बचाउ गरेका थिए ।