राजविराज:सप्तरीको सप्तकोशी नगरपालिका ३ मा बञ्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

मृत्यु हुनेमा सखवनि नयाँ वस्तीका ४५ वर्षिय हिराइ सदा रहेका छन् । घरायसी विवादका कारण उनको आफ्नै २२ वर्षिय छोरा लालदेव सदाले घरेलु हतियार बञ्चरोले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी ढुण्डीराज न्यौपानेले बताएका छन् ।

उनका अनुसार सो घटनामा छिमेकी ६५ वर्षिय दशन सदालाई समेत बन्चरो प्रहार गर्दा टाउको र हातमा चोट लागेर घाइते भएका छन् । उनको स्थानिय अस्पताल फत्तेपुरमा उपचार भइरहेको छ । घटना पश्चात बन्चरो प्रहार गर्ने लालदेव सदालाई घरेलु हतियार बन्चरो सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसंधान भईरहेको सुचना अधिकारी न्यौपानले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको