
जनकपुरधाम:उपप्रधान एवं भौतीक पुर्वाधार मन्त्री रघुविर महासेठले नेपाली कांग्रेस सरकार संगको सहकार्यमा रहेको बताएका छन् । कांग्रेस सरकार बाहिर रहे पनि सहकार्यमै आफूहरु अगाडी बढिरहेको उनले बताए । महासेठले कुनै दलको बहुमत नरहेको अवस्थामा प्रतिपक्षमा रहेको कांग्रेस प्रधानमन्त्रीको प्रतिक्षारत दाबेदार भएकाले एमालेसंग सहकार्यमा बस्नु स्वभाविक रहेको बताए ।
उनले कांग्रेसले प्रधानमन्त्री बन्न उचित लागेको वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्रीको विरोध गर्नु कांग्रेसको लागि उचित रहेको स्पष्ट गरे । उनले भने ‘कांग्रेसले प्रधानमन्त्रीको अफर दिँदा सही हुने, अफर स्वीकार नगर्दा गलत हुने त्यो होइन ।’ अगाडी भने ‘छानविन भईरहेको छ दोषी जो कोही भएपनि सरकार छोड्नै पर्छ, कारबाही हुन्छ नै ।’
मन्त्री महासेठले मधेश सरकार सहित सातवटै प्रदेश सरकार पुर्नगठनका लागि दलहरु बिच छलफल भइरहेकाले शीघ्र प्रदेश सरकारहरुको विषयमा निश्कर्षमा पुग्ने जानकारी दिए ।
उनले अहिले समय परिपक्व भई नसकेको बताउदै मधेश सरकारमा पनि एमालेले पठाउने मन्त्रीहरुको निश्कर्ष छिट्टै लाग्ने बताए । एमालेको तर्फबाट सरकारको नेतृत्व समेत गरिरहेका उनले एमाले सहितको सरकारको पहिलो लक्ष्य नै भौतीक पुर्वाधारको विकास रहेकाले त्यसमा केन्द्रित हुने बताए । सरकारले मधेशको हुलाकी राजमार्ग, महेन्द्र राजमार्गलाई फोरलेन, मध्य पहाडि राजमार्ग, मदन भण्डारी लोकमार्ग सहितका सडक निर्माण आगाडि बढाएको भन्दै निरन्तर जारी रहने बताए ।
सो उनका समर्थक, नेता तथा कार्यक्रताहरु माछा र दहीको भार, विशाल फुलको माला सहित स्वागत गर्न विमानस्थल पुगेपछि विमानस्थल भरिभराउ भएको थियो । जनकपुरधाम स्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमितिले उनलाई सम्मान समेत गरेको छ । यसका साथै उपप्रधानमन्त्री महासेठले जनकपुरधामस्थित जानकी मन्दिर, राजदेवी मन्दिर, गणेश मन्दिर लगायतका मन्दिरहरुमा पुगेर पूजा अर्चना समेत गरेका छन् ।