जनकपुरधाम:नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
मधेस सरकारबाट कांग्रेसी मन्त्रीहरुलाई हटाइएपछि सरकारलाई दिएको समर्थन आफूहरुले फिर्ता लिएको नेपाली कांग्रेस संसदिय दलका नेता कृष्णप्रसाद यादवले बताए ।
केन्द्रमा समीकरण फेरिएपछि गत सोमबार कांग्रेसका तीन मन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले बर्खास्त गरेका थिए । उनले सोही दिन नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेसले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री यादवलाई प्रदेशसभामा विश्वासको मत लिनु पर्छ ।