जनकपुरधाम:मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैज्ञानिक खेतीका लागि उन्नत बाली एवं प्रविधिको विकासमा जोड दिन मधेश कृषि विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मधेश कृषि विश्वविद्यालयको तेस्रो सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले कृषिको मुख्य आधार क्षेत्र रहेका कृषि विद्यालयले यस प्रदेशका किसानहरुलाई जिविकोपार्जनमुखी कृषि बाट व्यवसायिक एवं वैज्ञानिक कृषिमा रुपान्तरण गर्नका लागि प्रविधीको विकासमा जोड दिन निर्देशन दिए ।

उनले भने, ‘हाम्रो मुलुक नै कृषि प्रदान हो , त्यसमा पनि मधेश प्रदेशको मुल अर्थव्यवस्था नै कृषिमा आधारित छ । तसर्थ हाम्रौ गौरवको योजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालयले माटो सुहाँउदो प्रविधिको विकास गर्नुको विकल्प छैन । ’

उनले कृषि क्षेत्रमा भई रहेको ह्रासलाई नियन्त्रण गर्दैै वैज्ञानिक कृषिका लागि विश्व विद्यालयले गर्ने अनुसन्धान लगायतको कार्यमा प्रदेश सरकार हरसम्भव तैयार रहेको उल्लेख गरे । कृषिको विकास विना मधेश प्रदेशको विकास सम्भव नरहेको यथार्थलाई स्वीकार्य गर्दै मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालयको स्थापना गरिएको भने ।

जनकपुरधाममा सम्पन्न तेस्रो विश्वविद्यालय सभाले विश्वविद्यालयले पछिल्ला दिनमा गरेका कार्यहरुको अनुमोदन गर्नुको साथै अगामी दिनमा विश्वविद्यालय संचालन लगायतका कार्यमा आवश्यक पर्ने निति नियमहरु पारित गरेको छ ।

विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री यादवको अध्यक्षतामा सम्पन्न सभामा सभाका सदस्यहरु निती तथा योजना आयोगका उपाध्यक्ष नाथुराम चौधरी, जागेश्वर यादव, डा. प्रकाश कुमार यादव, कृषि वैज्ञानिक उर्मिला साह, प्रा. डा. कन्हैया प्रसाद सिह, उपकुलपति डा वैद्यनाथ महतो, रजिष्ट्रार भगवान ठाकुर सहितका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको