जनकपुरधाम:जनकपुरधामस्थित मोनाष्टिक स्कुलले प्रिस्कूल दिक्षान्त समारोह सम्पन्न गरेको छ । शुक्रवार आयोजित सो दिक्षान्त समारोहमा २०५ जना छात्रछात्राहरूले आ–आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा चिन्ह लगाएका हुन् ।

युकेजी कक्षाका छात्रछात्राहरूले मञ्चमा आफ्ना प्रतिभाहरू प्रदर्शन गरेका थिए । उनीहरूले सांस्कृतिक नृत्य तथा आकर्षक नाटकहरूसमेत प्रदर्शन गरेका थिए । समारोहले शैक्षिक उपलब्धिहरूमा मात्र नभई मोनाष्टिक प्रिस्कूलमा विविध सीप र रचनात्मकतालाई पनि जोड दिएको थियो ।

कार्यक्रममा पिजी कक्षादेखि युकेजी कक्षासम्मका विद्यार्थीहरूले प्रमाणपत्रसमेत प्राप्त गरे । समारोहमा विद्यालयका प्रिन्सिपल र निर्देशक डा.शिखा नायक, प्रबन्ध निर्देशक डाक्टर सोनु कुमारलगायत विद्यार्थीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको