जनकपुरधाम:सरकारी विद्यालयका विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापसहित खानेपानीको स्वच्छता एवं सरससफाईमा भएका सुविधाहरु सुधार गर्ने सम्बन्धी कार्यक्रम सामुदायिक सुधार केन्द्र (सीआईसी) ले कार्यक्रम संचालन गर्ने भएको छ ।

वाश शेयरको आर्थिक सहयोगमा सीआईसीले जनकपुरधाम उपमहानगरपालिकास्थित श्री कण्टिर झा माध्यमिक विद्यालय बभनगामा र जानकी माध्यमिक विद्यालयमा सो कार्यक्रम संचालन प्रक्रिया अघि बढाएको छ ।

कार्यक्रम संचालन बारे शुक्रवार श्री कण्टिर झा माध्यमिक विद्यालयका शिक्षकहरुसँग प्रारम्भिक बैठक समेत समेत गरेका छन् । सीआईसीका अध्यक्ष संजय साहले कार्यक्रमको उद्देश्य, कार्यक्रम अन्तर्गतका क्रियाकलाप र बजेटसहित परियोजना बारे विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु र वडाध्यक्षलाई जानकारी गराएका थिए ।

सरकारी विद्यालयमा खानेपानीको स्वच्छता एवं सरससफाईमा भएका सुविधाहरु सुधार गर्ने वातावरण र सचेतना सहित विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउने परियोजनाको उद्देश्य रहेको अध्यक्ष साहले जानकारी गराएका थिए । सो कार्यक्रमका लागि सीआईसीद्वारा विद्यालयमा सम्झना विश्वकर्मा भन्ने एकजना नर्सको विद्यालय अवधिभरका लागि नियुक्त गरिएको छ । ती नर्सले विद्यार्थीहरुको हेरचाह, स्वास्थ्य चेकजाँच र सरसफाईका लागि गर्नुपर्ने क्रियाकलाप बारे विद्यार्थीलाई जानकारी गराउनेछ ।

परियोजना अन्तर्गत कार्यशाला र एलपीएसी गठन, वर्कशप, पानी आपूर्ति सुविधाहरुको पुननिर्माण, व्यवस्थित शौचालय निर्माण र त्यसमा सेनेटरी प्याडको व्यवस्था, नर्सिँग स्टापको व्यवस्थापन, आधारभूत स्वास्थ्य शिक्षा कार्यक्रम अनुसन्धान र विकास टोली गठन तथा संचालन, आधारभूत स्वास्थ्य शिक्षा सामाग्रीको उत्पादन र वितरण लगायतका क्रियाकलपा गरिनेछ ।

दुईवर्षसम्म चल्ने सो कार्यक्रमको प्रभावकारिताका पालिका नगरप्रमुखको अध्यक्षतामा परियोजना सल्लाहकार समिति गठन गरिने छ । सो समितिले अनुगमन र निरिक्षण गर्नेछ । यसका साथै पब्लिक अडिट गराउने कार्यक्रम समेत रहेको अध्यक्ष साहले जानकारी दिए । परियोजनाको कूल बजेट एक करोड ६८ लाख ९३ हजार ७६० रुपैया रहेको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम वडा नम्बर २५ का अध्यक्ष चन्देश्वर साहले कार्यक्रमको प्रभावकारितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । साथै उनले विद्यार्थीहरुको लागि चाहिने औषधि लगायतका आवश्यक सामाग्री उपलब्ध गराउन सहयोग गर्ने जानकारी गराएका थिए । यस्तै विद्यालयका निमित प्रधानाध्यापक शैलेन्द्र मल्लिकले यो कार्यक्रमले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप सहित स्वास्थ्यमा राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको