जनकपुरधाम:लागु औषध गाँजा सहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाँजाको कारोबार हुँदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले शुक्रबार दिउँसो निजगढ नगरपालिका १३ भक्तलालका २१ वर्षीय लाल बहादुर वाईबालाई दुई सय १६ किलो गाँजा सहित पक्राउ गरेको हो ।

घरमा खानतालासी गर्दा प्रहरीले बिक्रीका लागी तयार पारिएको गाँजा सहित दुई लाख सात हजार र गाँजा ओसार पसारमा प्रयोग भएको ना ३९ प २४५३ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल समेत बरामत गरेको ईलाका प्रहरी कार्यालय निजगढ प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जनाएको छ ।

यता सवारी सहित नियन्त्रणमा लिइएको वाईबालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको