जनकपुरधाम:माजिक विकास इकाई कार्यालय राजविराज, सप्तरीका सव–इन्जिनियर अजय रजकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका रजकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अजयकुमार साफी भन्ने अजय रजक घुसबापतको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेकसहित पक्राउ परेका थिए । आयोगको टलीलाई देखेपछि उनी घुसबापत लिएको रकम र चेक छोडेर भागेका थिए ।
तर आयोगको टोलीले उनलाई तत्कालै पक्राउ गरेको थियो । उनीविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी आयोगले गरेको छ।