जनकपुरधाम:पत्रकारिता क्षेत्रको वास्तविकता, सुरक्षा र जवाफदेहिता सुदृढिकरणका लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जनकपुरधाममा फ्रि मिडिया नेटवर्कद्वारा आयोजित कार्यशाला गोष्ठीमा पत्रकारिताको वर्तमान अवस्था र नागरिक समाज तथा सरोकारवालाबाट भइरहेको सहयोग-असहयोग बारे चर्चा गरिएको थियो ।

कार्यक्रममा पत्रकारले समाचार संकलन तथा सम्प्रेषण गर्दा सुरक्षित महसूस गर्ने, नागरिक समाज र पत्रकारहरुबीच सूचनाको हक प्रयोग गर्दा प्रभावकारी समन्वय, स्थानीय तहले संचार क्षेत्रको सुदृढिकरणका लागि बनाएको संचार नीति सहितका विभिन्न आठवटा सूचकमा ग्रुप डिस्कशन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चौहानले देशका ९० प्रतिशत मिडिया व्यवसायिक माफियाको कब्जामा रहेको कारण पत्रकारको पेशा नै असुरक्षित रहेको कुरामा जोड दिएका थिए । पत्रकारिता सुदृढिकरणका लागि स्थानीय तहले कुनै नीति नै नभएको बताउंदै प्रदेश सरकारले विभिन्न प्रतिष्ठान गरेपनि प्रभावकारी नरहेको भने ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले पत्रारितामा असुरक्षा रहेपनि आफ्नो पेशाप्रति इमान्दार हुनु आवश्यक रहेको कुरामा जोड दिए थिए । नेपाल पत्रकार महासंघका धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कडारिया, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, एसपी मित्रबन्धु शर्मा, सशस्त्र प्रहरीका यदुकुमार कार्की लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको