होली पर्व मात्रै मनोरंजन, सामुदायिक सद्भाव र मेलमिलापको पर्वै नभएर यो पर्व मनाउनुको पछाडि केही वैज्ञानिक कारणहरु प्नि छन । होली पर्वकै कारण पर्यावरणका साथसाथै मानवीय स्वास्थ्यका लागि समेत लाभदायक हुन्छ ।

वैज्ञानिकहरुका अनुसार हिन्दु धर्म माननेहरुले उचित समयमा यो पर्व मनाउँदै आएका छन । तर होलीमा तल्लिनहुने हरु यसको पछाडि रहेको वैज्ञानिक कारणहरुबाट अनभिज्ञ हुन्छन । होली पर्व प्रत्येक बर्ष यस्तो समयमा आउँछ जुन समयमा मानिसमा मौसम परिपवर्तनका कारण रोगको खतरा बढदै गएको हुन्छ भने अल्छीपन पनि बढी रहेको हुन्छ । यस्तो समयमा होलीमा अंग प्रत्यंग चलाउनुका साथै ठुलो स्वरमा बोल्नु लाभदायक रहेको वैज्ञानिकहरु बताउँछन ।

होलीमा गाइने गीतहरु एकदमै तिखो स्वरको हुन्छ । यस्ता संगीतले मानवीय शरीरलाई नयाँ ऊर्जा प्रदान गर्ने गर्छ । यसका अतिरिक्त रंग र अबीर शुद्ध रूपमा जब शरीरमाथि दलिन्छ त्यसले शारिरीक स्वास्थ्यमा अनुकुल प्रभाव पार्ने गर्छ ।

छाला सम्बन्धी रोगका डाक्टर प्रमोद कुमार झा का अनुसार शरीरमाथि दलिने हर्बल अबिर तथा रंगले शरीरमा स्फुर्ती बढाउनुका साथै त्वचालाई उत्तेजित पार्ने गर्छ । त्यस्तै रंग अबिर लगाए पश्चात स्नान गर्नुले शारिरीक सुन्दरता समेत बढाउने गर्छ उहाँले थप्नु भयो ।

होली पर्व होलिका दहन पछि मनाइने गरिन्छ । यसको पछाडि समेत ठुलै वैज्ञानिक कारण रहेको पाइन्छ । त्यसो त यो होलिका दहनको परम्परा संग जोडिएको छ ।

शरद ऋतुको समाप्ति र बसंत ऋतुको आगमन संगै यो समयमा पर्यावरण र शरीरमा बैक्टीरियाहरुको प्रकोप बढदै जान्छ । तर जब होलिका जलाइन्छ त्यसबाक १४५ डिग्री फारेनहाइट सम्म तापक्रम बढन जान्छ । जसले पर्यावरणलाई समेत स्वच्छ बनाउँछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको