जनकपुरधाम:होली पर्व अवधिभर मधेस प्रदेशको धनुषाको विभिन्न स्थानमा भएको घटना दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छ ।

बितेको चैत १३ गते जिल्लाको धनुषाधाम नगरपालिका ५ पर्वतामा एक सौतेनी आमाले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन् । प्राप्त जानकारी अनुसार स्थानीय राजकिशोर महतोको श्रीमति निर्षीदेवीले आफ्नै सौतेनी छोरी ११ वर्षिया राधिका कुमारीको घाँटी थिचेर हत्या गरेको हो ।

स्थानीयका अनुसार वैदेशिक रोजागरमा रहेका राजकिशोरले पठाएको चकलेटका लागि विवाद हुँदा राजकिशोरकी आमा सरुजु देवी र श्रीमति निर्षिदेवी दुवै मिलेर कुटपिट गरी घाँटी थिचेर हत्या गरेको हो । प्रहरीका अनुसार मृतक राधिकाको घाँटीमा निलडाम र शरीरका अन्य भागमा समेत चोट पटकको निसान देखिएको छ । प्रहरीले दिएको जानकारी अनुसार हाल निर्षीदेवी र सरुजु देवी फरार रहेको छ ।

यस्तै धनुषाको लक्ष्मिनियाँमा एक भारतीय कारले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । लक्ष्मिनियाँ गाउँपालिका ४ स्थित सेन्ट्रल हस्पिटल नजिक भारतीय कारले ठक्कर दिंदा मोटरसाइकलमा सवार महोत्तरीको लोहारपट्टी नगरपालिका ४ का २५ वर्षिय रामबाबु साहको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

घाइते भएका साहलाई दुर्घटना लगतै नजिकै रहेका सेन्ट्रल अस्पतालमा उपचारका लागि पठाएपनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका अनुसार ठक्कर दिने कार फरार रहेका छन र उनको खोजी कार्य जारी रहेको छ ।

चैत १२ गते धनुषाको जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।

उनका अनुसार बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा साहीलाई करेन्ट लागेको थियो । उपचारको लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।

यस्तै सोही दिन धनुषामा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह छन् ।

बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर पर्फ जँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बी.एल.१२ सी ०९४४ भारतीय नम्बरप्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए । साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारकिो क्रममा बिहान ७ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

यसैबीच चैत १३ गते मंगलवारका दिन होली खेल्ने क्रममा जनकपुरधाम १७ कनकपट्टीमा एक युवकलाई छुरा प्रहार गरी घाइते बनाइएको छ । प्राप्त जानकारी अनुसार स्थानीय २३ वर्षिय युवक जमुना साह आफ्नो पसलमा बसिरहेका बेला केही युवकहरुले हो हल्ला गर्दा सम्झाउन गएको बेला उनीमाथि छुरा प्रहार गरी घाइते बनाएको हो ।

साहको टाउकोमा छुरा प्रहार भएको हो र चार वटा टाँका लागेको प्रहरीले जनाएको छ । के कति कारणले घटना भएको र छुरा प्रहार गर्ने व्यक्तिको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ । घाइते साहको प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको