जनकपुरधाम:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ सय ५९ आधारभुत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित हुन नसकेको जनाएको छ ।

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले एक स्थानीय तहमा एक आधारभुत अस्पताल नीति अनुरुप स्थानीय तहहरुमा निर्माणाधीन ५, १०, १५ शैयाका ३९६ आधारभुत अस्पताल निर्माणका लागि भने स्रोत सुनिश्चित भइसककेको बताउंदै बाँकी २५९ अस्पतालहरुको स्रोत सुनिश्चितता हुन नसकेको जनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५५ वटा आधारभूत अस्पताल बनाउन स्थानीय तहलाई स्वीकृति दिएको छ। आधारभूत अस्पताल निर्माणका लागि सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय, जिल्ला समन्वय समितिको सिफारिस आवश्यक पर्छ ।

जग्गाको लालपूर्जा (पाँच शय्या लागि ५.६ रोपनी तथा १० र १५ शय्याको लागि भने ७.२ रोपनी जग्गा) अनिवार्य रुपमा हुनुपर्छ । त्यसपछि अस्पतालको डीपीआर तयार गरेर मन्त्रालयमा पेस गर्नुपर्छ । यस्तो प्रारम्भिक रिपोर्ट मन्त्रालयले स्वीकृत गरेपछि मात्रै बजेट निकासा हुने मापदण्ड छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको