जनकपुरधाम:रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशालामा दोस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिता धनुषा विजयी सुरुवात गरेको हो ।

धनुषाका कप्तान म्यान यादव नटआउट ६५ रनको पारी खेल्दा धनुषा ५० रनले विजयी भए । टस जितेर धनुषा टिम पहिला ब्याटिङ रोजेका थिए । निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर धनुषा टिम एक सय ३८ रनको लक्ष्य सर्लाही समक्ष प्रस्तुत गरेका थिए ।

धनुषाका लागि अलि अकबरले १७, रुपेश यादव १५, विक्रान्त यादव १४ र हरिशंकर साहले १२ रन बनाए । सर्लाहीका लागि बलिङ गरेका मधु यादव दुई र पिन्टु यादव, सार्थक न्यौपाने र गोपिकान्त मुखियाले एक÷एक विकेट लिए । सर्लाहीको फिल्डिङ कमजोर देखिएपनि बलरहरुले अतिरित्त रन कम दिएका थिए ।

जवाफी ब्याटिङका लागि आएका सर्लाही टिम २० ओभरमा सबै विकेट गुमाएर मात्र ८७ रन बनाउन सके । सर्लाहीका लागि अन्तिम ब्याटस म्यानको रुपमा आएका गोपिकान्त मुखियाले सार्वधिक नटआउट २३ बलमा ३२, रञ्जित यादवले २१ र राहुल महताले ११ रन बनाए ।

धनुषाका लागि बलिङ गरेका अभिजित मण्डलले चार ओभरमा मात्र ११ रन खर्चेर तीन विकेट, साइमोन राय र अखिलेश ठाकुरले दु÷दुई विकेट लिए भने रुपेश यादव र हरिशंकर साहले एक एक विकेट लिए । लिग चरणमा भइरहेको यस प्रतियोगितामा शनिबार दुई खेल हुने धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो खेल सर्लाही र महोत्तरीबीच हुने छन् भने दोस्रो खेल धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने खेल तालिका छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको