काठमाडौ । बलिउड र क्षेत्रीय फिल्ममा खलनायकको भूमिका निर्वाह गर्दै बबी देओलले डुब्न लागेको फिल्म करिअरलाई भिलेनको रोलबाट नयाँ ढंगले अघि बढाइरहेका छन् ।

सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’मा दमदार खलपात्र अबरार हकको भूमिकामा देखिएका देओल अब भने यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट र शर्वरी बाघको शीर्ष भूमिका हुने एक्सन–थ्रिलर–स्पिनअफमा खलनायक चरित्रमा देखिने जनाइएको छ ।

आलिया र शर्वरीबाहेक अन्य कलाकारको घोषणा भइसकेको छैन । नाम तय भइनसकेको यो फिल्मको कथावस्तुले ‘वार २’ र ‘टाइगर भर्सेस पठान’लाई जोड्छ । यसअघि यशराज ब्यानरकै फिल्म ‘बन्टी और बब्ली २’ मा देखिएका शार्वरी यो फिल्ममा आलियासँगै देखिनेछन् । यो फिल्मलाई ‘रेल्वेम्यान’ फेम्ड शिव रावैलले निर्देशन गर्नेछन् ।

बबी यसबाहेक सुरिया र दिशा पटानी स्टारर तामिल फेन्टासी फिल्म ‘कंगुवा’मा पनि देखिनेछन् । उनी तेलुगू एक्सन–एड्भेन्चर ‘हरि हरा वीरा मल्लु’मा पनि काम गरिरहेका छन्, जहाँ उनले मुगल सम्राट औरंगजेबको चित्रण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको