काठमाडौं । भारतीय अभिनेता गोविन्दा पुन: एकपटक राजनीतिमा सक्रिय भएका छन् । उनी महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको दल शिवसेना प्रवेश गरेका छन् ।

यसअघि उनीसँग कांग्रेसबाट चुनाव लडेको अनुभव छ । यद्यपि उनले पार्टी प्रवेशको कुरालाई खास नभएको बताएका छन् । गोविन्दा ४३ वर्षको उमेरमा औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । उनले आफू १४ वर्षको वनबासपछि राजनीतिमा फर्किएको पार्टी प्रवेश कार्यक्रममा बताए ।

उनले आसन्न लोकसभा चुनाव लड्न सक्ने अनुमान गरिएको छ । बिहीबार महाराष्ट्र राज्यका सीएम शिन्देले पार्टी सदस्यता दिलाए । उक्त अवसरमा चुनावको टिकटका लागि गोविन्दा पार्टी प्रवेश नगरेको अभिव्यक्ति शिन्देले दिएका थिए । तर सन् २०१६ मा राजनीतिमा लाग्ने आफ्नो कुनै इच्छा नभएको अन्तर्वार्ता उनले दिएका थिए ।

टाइम्स अफ इण्डियामा यसअघि दिएको अन्तर्वार्तामा उनले कलाकार लामो समय राजनीतिमा टिक्न नसक्ने बताएका थिए । सन् २००४ मा गोविन्दाले उत्तरी मुम्बईबाट चुनाव लडेका थिए । उनले त्यतिबेला कांग्रेसबाट चुनाव जितेर २००९ सम्म सांसद रहेका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको