जनकपुरधाम:निजगढ विस्फोटन घटनामा दोषी देखिएकाहरु सबैजना जिल्ला अदालत बाराले धरौटीमा रिहा गरेको छ ।

अदालतले बम विष्पोटनमा दोषी भनिएका निजगढ ९ का कवाडी पसले राज भनिने रमेश जयसवाल, धनुषाको धारापानीबाट सो विष्पोटन पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ ९ नदीकट्टाका बासु लामा र सहचालक सोही ठाउ बस्ने टिकाराम पाख्रिन जनही १ लाख रुपैया धरौटीमा शुक्रवार रिहा भएको हो ।

यसअघि गत बुधवार अदालतले सोही अभियोगमा पक्राउ परेका धनुषा धारापानीका कवाडी पसले शिवशंकर माली र सोही कडाड पसलमा कवाडको सामान संकलन गर्ने सर्लाहीका बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरेको थियो ।

जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षेत्रीका अनुसार निजगढ नगरपालिका ९ मा कबाडी सञ्चालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश प्रसाद जयसवाल, कबाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रकचालक निजगढ नगरपालिका ९ स्याक्तान टोलका ४२ वर्षीय बासु तामाङ्ग, सोही ठाउँका सहचालक २५ वर्षीय टीकाराम पाख्रिन, धनुषा गणेशमान चारनाथ नगरपालिका– २ स्थित न्यू शिव स्क्र्यापका सञ्चालक सर्लाही चक्रघट्टा गाउँपालिका– १ निवासी वर्षीय ४१ शिवशंकर साह, कबाडी संकलक सर्लाही ईश्वरपुर नगरपालिका– ७ निवासी ४६ वर्षीय बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरिएको थियो। उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुर्दा दर्ता गरी ११ चैतमा बारा जिल्ला अदालतमा पेश गरिएको उनले बताए ।

ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए । कवाडी पसले रमेशले लगेको सो बस्तु काटने क्रममा गत फागुन १४ गते भएको विष्फोटमा परेर निजगढ ७ स्थित रोहित वर्कशप संचालक ४३ वर्षीय रेशम मगर, रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ का २० वर्षिय रिपु रजक धोबी र भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो । त्यसैगरी घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ ५ का रामबहादुर थापा र वीरगन्ज महानगारपालिका ९ का फिरोज देवान घाइते भएका थिए ।

प्रहरीले करिब २३ दिनको अनुसन्धान पछि घटका आरोपिहरुलाई जिल्ला अदालत बारामा पेश गरेको छ। उनीहरुलाई प्रहरीले ९ चैतमा जिल्ला सरकारी वकील कार्यालय बारामा बुझाएको थियो । विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्नेबारेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट कुरेर बसेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

सैनिकले प्रयोग गर्ने भनिएको उक्त विष्पोटक पदार्थ कहाँबाट बाहिरिएको हो भन्ने बारेमा भने प्रहरी अनुसन्धानबाट पनि खुल्न सकेको छैन । प्रहरीका अनुसार कवाडी पसलमा सामान संकलनको काम गर्ने महतोले गाउँकी एकजना बालकले बेवारिसे अवस्थामा फेला पारेर उनलाई बेचेको बताइएको छ । घटनामा मृतक परिवारका आफन्तले भने दोषीलाई कारवाही नगरी रिहा गरेर अदालतले आफूहरुमाथि अन्याय गरेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको