जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय संघठन विभागको बैठक बसिरहेको छ । सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न विभागको बैठक बसेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

पार्टी कार्यालय बालकुमारीमा जारी बैठकमा पार्टीको संगठनको बिषयमा छलफल हुने उनको भनाइ छ ।

जसपाले सङ्गठित पार्टी सदस्यता वितरण वा नवीकरणको लागि चैत्र १० सम्मको समयसीमा तोकिएको थियो ।

२०८० मंसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता दिन सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको