जनकपुरधाम:वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १५ लक्ष्मणवास्थित मठ नजिक रहेको एक घरमा जिल्ला प्रहरी कार्यालय पर्साले छापामारी गरेको छ ।
छापामारी गरि पर्सा प्रहरीले दुई जना विदेश नागरिक (चाइनिज) हरूलाई नियन्त्रणमा समेत लिएको हो ।
पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल नेतृत्वमा छापामारी गर्न पुगेको प्रहरी टोलीले त्यहाँबाट ठूलो मात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्नुका साथै अन्य साइबर अपराध सम्बन्धी गतिविधि गर्दै आएका थिए ।
गिरोहका थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगञ्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएको प्रहरीको आशंका थियो ।