जनकपुरधाम:सिरहाको औरही गाउँपालिका ४ इटाटारस्थित एक घरमा भएको आगलागीमा करिब ३० लाख बढीको क्षति भएको छ ।

स्थानीय मो. रहसुल खानको घरमा सुतेको बेला शुक्रवार मध्यरातमा आगो लागेको थियो । आगलगीबाट चारवटा घर, एउटा मोटरसाइकल, सुनचाँदीका गरगहना, लगत्ताकपडा र खाद्यान्नसहितका समान जलेर नष्ट भएको छ ।

सिरहा नगरपालिकाबाट आएको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको स्थानीय रोषण पासवानले बताए । उनका अनुसार बारुण यन्त्र समयमा नआएको भए छिमेकीको घरहरु पनि जल्न सक्थ्यो । तर खानकै चारवटा घर जलेर आगो नियन्त्रणमा आएको थियो ।

पीडित खानले आगलागी कसरी सुरु भएकोबारे थाहा नभएको बताए । उनले भने, ‘सुतेको थिए । अचानक तातो महसुस भयो । त्यसपछि उठेर हेर्दा आगो लागेको देखे। आगो देखेर होसहवास उड्यो । तर चिच्याएपछि छिमेकीहरु दौडेर आएका थिए ।’

‘आगलगी सुरु हेर्दा विद्युत बल्ब पनि बलिरहेको थियो’, उनले भने, ‘विद्युत सर्ट भएर आगो लागेको छैन् । घरमा घुवा पनि बालेको थिएनौं । कसरी आगो लाग्यो आश्चर्य लागेको छ । कसैले आगो लगाइदिएको हुनसक्छ ।’

रातिमा आगो लागेकाले केही समान जोगाउन नसकेको उनले बताए । आगोले अनुहार जलेर घाइते भएका उनले घरभित्रबाट मोटरसाइकल निकाल्न खोज्दा आगोको तापले अनुहार पोलेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको