जनकपुरधाम:गोपाल सेवा समिति धनुषाको छठौ अधिवेशनको सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा समपन्न अधिवेशनको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गरिने जनाइएको छ ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय सांसद मुक्ता यादवले यादव जातिको विकास र समृद्धिका लागि गोपाल सेवा समितिले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताईन । उनले भनिन् हामी यादव जाति नेपालकै पहिलो शासक हौं । तर वर्तमान यादव जाति के कति कारणले पिछडिदै गएको छ ।
यादव जातिको विकास भए मात्रै गोपाल सेवा समिति पनि सफल हुन सक्ने भएकाले समितिको सफलताका सबैले मिलेर अघि बढनुपर्ने आवश्यकता रहेको भनिन् । उनले यादव जाति मात्र नभई गोपाल समितिले अन्य जाति समुदायका लागि अघि बढनुपर्ने औल्याईन ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद शेषनारायण यादले यादव समुदाय र गोपाल सेवा समितिबीचको समन्वय छुटिदैं गएको महसूस भइरहेको बताए । उनले भने गोपाल समिति कागजमै सिमित हुन गइरहेको वर्तमान गतिविधिले आभाष भइरहेको छ । समितिको निर्माण समितिको विस्तार यादव जातिको समृद्धिका लागि गरिएको थियो । तर वर्तमान अवस्थामा समिति त्यसबाट पन्छिदै गएको गुसानो उनले गरे ।
सो कार्यक्रमममा समितिका केन्द्रिय कार्यवाहक अध्यक्ष बजरंग यादवले पनि आफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा केन्द्रिय तथा अन्य जिल्लाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।