मधेशमा पण्डितले बेचेको अर्बौको उपकरण खरीद गर्ने दाउमा
जनकपुरधाम:मधेश प्रदेशलगायत विभिन्न ठाउँमा स्वास्थ्य उपकरण खरिदमा सेटिङ मास्टरका रूपमा चर्चित व्यवसायी विशाल पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
केन्द्रको स्वास्थ्य सेवा विभागदेखि देशका सातौ प्रदेशमा एक अधिपत्य जमाएका ममेडिकल व्यवसायी माफिया विशाल पण्डित विरुद्ध दर्जनौ अनियमितता र भ्रष्टाचारको मुद्दा दायर भएकोमा पहिलो पटक अख्तियार सक्रिय भएका हुन ।
होटल बसेका सञ्चालक समेत रहेका पण्डित एमरल्ड ग्रुप अन्तर्गत हस्पिटेक इन्टरप्राइजेज र लाईफलाईन भन्ने दुईवटा सप्लायर्स संचालन आएका हुन । उनी विरुद्ध होटल बसेराको ३६ आना जग्गा गैरकानूनी रुपमा हतियाएको विरुद्ध समेत कयौं उजुरी अख्तियारमा छन् । राजनीतिक प्रभावमा उनी जोगिंदै आएका हुन ।
अख्तियारले पण्डितसहित स्वास्थ्य निर्देशनालय, धनकुटा कोशी प्रदेशका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित छ जनाविरुद्ध दुई करोड ८९ लाख ६६ हजार ५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार हाइ डिपेन्डेनसी युनिट खरिद मूल्याङ्कन समितिका सदस्य तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका वायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय, धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज, काठमाडौँका सञ्चालक विशाल पण्डित र बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ऐनको दफा २२ को प्रतिबन्धात्मक व्यवस्था बमोजिम मुख्य कसुरदारलाई हुने सजाय बराबर न सजायको मागदाबी लिइएको आयोगले जनाएको छ ।
केन्द्रदेखि प्रदेशसम्म पहुँच बनाएका पण्डित ठूलो कमीशनको भरमा १० गुणासम्म बढी दररेटमा मेडिकल उपकरण उपलब्ध गराउंदै आएको हो । कोभिडको बेलादेखि हालसम्म स्वास्थ्य उपचार उपकरण र सामाग्री खरीदको अधिकांश मधेश स्वास्थ्य आपूर्ति केन्द्रबाट पण्डित समूहले पाएका हुन् ।
कोभिड महामारीदेखि हालसम्मका मधेशका अधिकांश खरिदमा सेटिङ गरिएको र अनावश्यक सामान खरिद गराएर राज्यलाई अर्बौ घाटा पारेको विभिन्न उजुरीमाथि छानविन भइरहेको अख्तियार स्रोतले जनाएको छ । मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यव्स्थापन केन्द्रले गरिद गरेका एक अर्बभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन भएकोमा समेत अख्तियारले छानविन थालेको बुझिएको छ ।
अहिले तीनै प्रयोगविहीन उपकरणमा ‘रि एजेन्ट’को लागि फेरि सेटिङमा खरिद प्रक्रिया अघि बढाइएको छ । प्रयोगमै नआई थन्किएका उपकरणमा रि एजेन्ट गर्ने भनेर पुनः भ्रष्टाचार गर्न थालिएको उजुरीपछि अख्तियारले चासो दिएको हो । प्रयोगविहिन उपकरण बिक्री गर्ने पण्डित नै ती रि एजेन्टको पनि टेण्डर हात पार्ने गरी प्रक्रिया शुरु गरिएको थियो । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसहितले काठमाडौंको सिंहदरवारनजिक पण्डितसँग उनकै होटल बसेरा होटल बसेरामा भेटघाट गरेको थियो । खबर बाहिर आउनासाथ अख्तियारले निगरानी बढाएको छ ।
महालेखा परीक्षकले समेत कोभिड महामारी यता केन्द्रले खरिदि गरेका एक अर्बभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन बनेकोमा प्रश्न उठाएको थियो । नचाहिएका र नेपालको प्रणालीले सपोर्ट नगर्ने सामान किन्न लगाएर भ्रष्टाचार गरिएको आशंकामा महालेखाले ध्यानाकर्षण गराएको थियो ।