मधेशको नेतृत्वमा जसपालाई यथावत राखिने

जनकपुरधाम:सत्ता गठबन्धनका चार दलले सात प्रदेश सरकारमध्ये कुन कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुटाएको छ ।

सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा सहमति गरेको हो ।

प्राप्त जानकारी अनुसार बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने, गण्डकी, कर्णाली र कोसीको नेतृत्व एमालेलाई दिने सहमति भएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति भएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्रीचाहिँ हाललाई यथावत राखि जसपालाई दिने सहमति भएको बालुवाटार स्रोतले जानकारी छ । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कुनै प्रदेश सभामा प्रतिनिधित्व नगर्ने भएकाले यसमा सहभागी नभएको हो ।

चार दलबीच भएको सहमतिबमोजिम प्रदेश सरकारमध्ये बागमती प्रदेशमा माओवादीकै शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् भने आजै मात्र उनले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। उक्त प्रदेशमा बाँकी कार्यकाल माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा आधा समय मुख्यमन्त्री चलाउने सहमति भएको छ ।

यस्तै माओवादी केन्द्रले नै नेतृत्व पाउने सहमति भएको लुम्बिनी प्रदेशमा भने हाल केन्द्रमा प्रमुख प्रतिपक्षी रहेको नेपाली कांग्रेस नेतृत्वको सरकार छ । चार दलबीच सहमतिअनुसार अब त्यहाँ माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गरिनेछ ।

यसैगरी एमालेलाई मुख्यमन्त्री पद दिने सहमति भएको कर्णाली प्रदेशमा प्रधनमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई मुख्यमन्त्री पद एमालेलाई दिन निर्देशन दिइसकेका छन् । हाल त्यहाँ माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको