कार्यालय बाहिरबाटै बिचौलियालाई योजनाको चिट्ठी थमाइदै

जनकपुरधाम:पर्यटन विकास कार्यालयका प्रमुख गत दुई सातादेखि कार्यालय बन्द गरेर फरार रहेको आरोप लगाइएको छ ।

सोमवार प्रदेश सरकारबाट वितरित विकासे योजनाको चिट्ठी बिचौलिया नपठाई सिधै वडा कार्यालय वा सम्बन्धित वडाका व्यक्ति मार्फत पठाउन माग सहित पर्यटन विकास कार्यालय पुगेका धनुषा क्षेत्र नम्बर ४ (क) अन्तर्गत स्थानीय तहका वडाध्यक्षहरुले बताए ।

जनकपुरधाम वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले पर्यटन विकास कार्यालय धनुषाका प्रमुख बिचौलिया मार्फत चिट्ठी पठाउने गरेको र के कुन आधारमा चिट्ठी पठाउने गरेको कुरा बुझन गत दुई सातादेखि कार्यालय धाइरहेका छौं तर कार्यालय प्रमुख भेटिदैन, आज त लेखापाल र एक कार्यालय सहयोगी बाहेक कोही भेटिएन बताए ।

पत्रकारहरु समेत त्यहाँ पुग्दा लेखापाल दिलिप झा र एकजना कार्यालय सहयोगी मात्र भेटिए कार्यालयका सबै रुममा ताल्चा लागेको देखियो । सो कार्यालयमा करार सहित ७ जना कर्मचारी कार्यरत छन्, तर दुई सातादेखि दुई-तीनजना बाहेकका कर्मचारी कहिलेपनि भेटिदैन वडाध्यक्षहरुको भनाई छ ।

क्षिरेश्वरनाथ नगरपालिका ४ का अध्यक्ष जगदीश यादवले गत दुई सातादेखि कार्यालय प्रमुख बासुदेव भट्ट कार्यालयमा नआई बाहिरैबाहिरबाट योजनाको चिट्ठी वितरण गर्दै गरिरहेको आरोप लगाए ।

उनले भने जनकपुरधामको विभिन्न होटल, बर्दिबास र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवको क्वार्टरबाट योजनाको चिट्ठी वितरण भइरहेको आफूहरुको जानकारीमा आएको छ । यस्तो किन गरे होला भन्ने जिज्ञासामा वडाध्यक्ष यादवले आफ्ना कार्यकर्ता र आसेपासेमार्फत कमीशन खान उद्देश्यले बिचौलियालाई योजनाको चिट्ठी दिइरहेको भने ।

पूर्वाधार विकास कार्यालयका लेखापाल दिलिप झाले वडाध्यक्षहरुको समस्या के हो त्यो आफूलाई जानकारी भएन । तर कार्यालय प्रमुखज्यू केही दिनदेखि कार्यालय नआइरहेको बताए ।

बिचौलिया मार्फत चिट्ठी पठाउने गरिएको र कार्यालय प्रमुख कार्यालय बन्द गरी गायब रहेको बारे उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित सचिव सुशिल कुमार साहले त्यस कुरा बारे आफूलाई जानकारी छैन । तर वास्तविकता बारे बुझेर कार्यालय प्रमुख दोषी देखिए कारवाही गर्ने बताए ।

नियमत:योजनाको उपभोक्ता समिति गठनदेखि भुक्तानीसम्म वडा कार्यालयकै सिफारिसमा हुनुपर्ने हो । तर भुक्तानीका वडाध्यक्षहरुको रोहबरमा अनुगमन भई मात्र हुने हो । यदि त्यस्तो भइरहेको छैन भने बुझेर कारवाही अघि बढाउनेने वडाध्यक्षहरुको आरोप बारे उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको