वीरगञ्ज:पर्सा प्रहरीले बैकिङ कसुर मुद्दामा कैद जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् ।

तीन दिन कैद र २५ लाख रुपैयाँ जरिवाना भएका फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले धोबनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका सुजित राउत कुर्मीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाएको छ ।

उनका अनुसार प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले लुकीछिपी बस्दै गरेको अवस्थामा कुर्मीलाई पक्राउ गरिएको थियो । उनीमाथि तीन दिन कैद र २५ लाख जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ । पक्राउ परेका कुर्मीलाई थप कारबाहीको लागि अदालतमा बुझाइएको पर्सा प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको