जनकपुरधाम:मधेस प्रदेशमा एसईईमा चिट चोराइएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले लिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले मधेसका विभिन्न जिल्लामा एसईईमा चिट चोराइएको र आममधेसीलाई दोष दिइएको उल्लेख गरे । उक्त विषयमा उनले सम्पूर्ण मधेसीलाई दोष नदिन आग्रह गरे ।

उनले सरकारले खटाएका प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले चिट चोर्न छुट दिएको जिकिर गरे । चिट चोराउनुमा मधेसको कुनै दोष नभएको उनको भनाइ छ । उनले सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । सम्बन्धित अधिकारीको त्रुटिका कारण त्यसको मूल्य आउँदा दिनमा मधेसले नतिर्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको