जनकपुरधाम:पूर्वाधार विकास कार्यालय राजविराजका कार्यालय प्रमुख उपर हातपात गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रेका मधेश प्रदेश अन्तर्गतका आठवटै जिल्लाका भौतिक पूर्वाधार कार्यालयका कर्मचारीहरु पेनडाउन गरेको छ ।

दोषीमाथि कारबाहीको माग गर्दै आफूहरु कार्यालयको सम्पूर्ण कामकाज बन्द गरेर आज पेनडाउन गरेका छौं मन्त्रालयमा छलफल छ, त्यसपछि सशक्त आन्दोलनमा जाने पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीले बताए ।

सोमबार पूर्वाधार कार्यालय सप्तरीका कर्मचारीले दोषी उपर कारबाही र उक्त घटनापश्चात त्यहाँ काम गर्ने कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएकाले सुरक्षित वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गर्दै पेनडाउन गरेका थिए ।

दोषीउपर कारबाही नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ । मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री तथा जनमत पार्टीका नेता महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीसँग दुव्र्यवहार गरेका थिए । दुईवटा योजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै निवर्तमान मन्त्री यादवले आफूलाई हातपात नै अधिकारीको भनाई छ ।

त्यसअघि मधेश प्रदेशका सांसद सकिल मियाँले पनि कार्यालयमा पटक–पटक टेबुल ठोक्ने तथा गालीगलौज गर्ने काम गरेको आरोप विज्ञप्तिमा उल्लेख छ । यता निवर्तमान मन्त्री यादवले हातपातको कुरा अस्वीकार गरेका थिए । उनले प्रदेश सरकारको योजनाको चिठी दलालमार्फत बिक्री–वितरण गर्न थालेपछि आफू आवेशमा आएको थिए, तर हातपात नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको