जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले विकास कार्यका लागि अनुकुल बातावरण सृजना गर्न आग्रह गरेका छन् ।
शुक्रबार सप्तरीको राजविराजमा भएको कार्यक्रममा यादवले विकास भए मात्र गरिबी र बेरोजगारी अन्त्य हुने भएकाले विकासका लागि आवश्यक वातावरण निर्माण गर्नु नागरिकको पनि दायित्व भएको बताए ।
‘विचार र राजनीतिक विरोध हुन्छ । तर विकासको गतिलाई अवरोध गर्नु राम्रो होइन । वास्तवमा विकासको विरोध गर्नेहरु सामाजिक अबरोधक हुन्,’ स्वास्थ्यमन्त्री यादवले भने, ‘विकासको अनुकुल वातावरण बनाईदिनुस्, वर्तमान सरकार विकासको गतिलाई तिब्रताका साथ अगाडी बढाउन चाहन्छ ।’ राम्रो वातावरण भए मात्र विकासको गति अगाडि बढने बताउँदै उनले नागरिक र सरकारको हातेमालोबाट नै विकास कार्य अघि बढ्ने बताए ।
यस अघि उपप्रानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको अनुगमन गरे । सो अससरमा उनले गजेन्द्रनारायण सिंह अस्पतालमा भौतिक निर्माणको कार्यले गति लिएको बताउँदै उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको रुपमा कार्य गर्न निर्देशन दिए ।