जनकपुरधाम:मधेसको गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारप्रति रहेको नाकारात्मक धारणालाई चिर्ने गरी काम गर्नु अहिलेको आवश्यक्ता रहेको बताएका छन् । मन्त्रालयमै शुक्रबार विभिन्न सरोकारबलाहरुको संगको छलफलमा मन्त्री लेखीले प्रदेश सरकारप्रति रहँदै आएको नाकारात्मक धारणालाई कसरी साकारात्मक बनाउन सकिन्छ भन्ने दिशामा काम गर्नु अहिलेको आवश्यक्ता रहेको बताए ।
उनले पछिल्लो समयमा कसरी काम भए त्यता तर्फ नलागी अब आउने दिनमा योजनावद्ध ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री लेखीले गृह मन्त्रालयबाट प्रशिक्षण लगायतका काम हुनुपर्नेमा पछिल्लो समय भवन निर्माण लगायतका भौतिक संरचना निर्माणमा केन्द्रित भएको देखियो अब त्यो परिपाटीलाई बदल्नु पर्ने उनको धारणा राखे ।
छलफलको क्रममा मन्त्रालय मातहतका संचार सम्बद्ध संस्थाहरुको कर्मचारी तथा बजेट अभावका कारण दयनिय अवस्था रहेको स्वीकार गरे । अब ती निकायहरुको स्थितीमा सुधार ल्याउने प्रतिवबद्धता व्यक्त गरे ।
मन्त्री लेखीले शुक्रबार नै एक अर्को कार्यक्रममा मानव अधिकारको रक्षा तथा मानव अधिकार रक्षकहरुको विषयमा सरकार गम्भिर रहेको बताएका छन् ।
मुलुकमा अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलन तथा आमजनको अधिकारको सवालमा मानव अधिकार रक्षकले उठाउँदै आएका विषयवस्तुहरु साकारात्मक रहेकाले प्रदेश सरकार समेत त्यस दिशामा गम्भिर रहेको उनको भनाई थियो ।