जनकपुरधाम:राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको छ ।

काठमाडौंको भद्रकालीमा भएको जनप्रदर्शनमा उत्रिएको भीड आक्रामक भएपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनमा उत्रिएका महतो समर्थक भीडले आफूमाथि ढुंगामुढा गरेपछि प्रहरीले प्रतिवाद गरेको थियो । दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो बाहिरिएका थिए ।

प्रदर्शनको क्रममा २७ जना घाइते समेत भएका छन् । उनीहरुको उपचार राजधानीको मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा भइरहेको छ । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झा आफै पनि घाइते भएका छन् उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । उनले भने, ‘हालसम्म २७ जना घाइते र तीन जना गिरफ्तार भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको