
जनकपुरधाम:नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्र भनिएका पिए (पर्सनल असिस्टेन्ट) जोखबहादुर महरा एमाले–माओवादी गठबन्धनले बन्न सफल भएका छन् ।
महरालाई मुख्यमन्त्री बनाउन प्रचण्डले कर्णाली प्रदेशको मुख्यमन्त्री त्याग गरेका छन् । कर्णालीमा एमालेको मुख्यमन्त्री बनाउन निर्देशन दिएर लुम्बिनी माओवादीले लिएको छ । बरालका अनुसार महरालाई मुख्यमन्त्री बनाउनकै लागि अध्यक्ष प्रचण्डले कर्णाली छोडेका हुन् ।
माओवादीले गरेको दशवर्षे जनयुद्धका क्रममा घाइते भएका उनको भूमिगत अवस्थामै भारतमा उपचार भएको थियो । शान्ति प्रक्रियामा आएपछि माओवादीमा टुटफुट र विभाजन आयो । प्रभावशाली नेताहरू मोहन वैद्य, रामबहादुर थापा, सीपी गजुरेल लगायतका दर्जन बढी नेताले छोड्दा महराले प्रचण्डलाई दह्रो साथ दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमै लामो समय बसेका जोखबहादुर महरा प्रदेशको नेतृत्व पाउनेगरी प्रचण्डकै सल्लाहमा प्रदेशमा झरेका थिए । उनै महरा लुम्बिनी प्रदेशको पाँचौं मुख्यमन्त्री बनेका छन् ।
०७९ सालको निर्वाचनकै समयमा प्रचण्डले उनलाई मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा पठाएको विषय त्यो समयमा बाहिर आएको थियो । गतवर्ष मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा तत्कालीन ५ दलीय गठबन्धनको साझा उम्मेदार बनेर रोल्पा निर्वाचन क्षेत्र नं १ को १ बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए महरा ।
एमालेका उम्मेदवार कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका थिए उनले । महराले १९ हजार ४२५ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी बुढाथोकीले ५ हजार ४०५ मत पाएका थिए । महरा २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ साविक गजुल गाविसको वडा नं २ मा जन्मिएका हुन् । २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका उनी २०४२ सालमा अनेरास्ववियु दाङका सचिव, २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यमा नियुक्त भई राजनीतिमा आबद्ध भएका थिए ।
२०६० सालमा केन्द्रीय सदस्यरहेका उनी २०७८ मा भएको आठौँ महाधिवेशनबाट स्थायी समिति सदस्य भएका थिए । २०६४ सालमा संविधानसभाका समानुपातिक सांसद भएका उनी २०६२ सालदेखि २०६५ सालमा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रहे । महरा २०७३ सालमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिव भएका थिए ।
लामो समय शिक्षण पेसामा लागेका महराले राजनीति शास्त्र तथा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् । महरा प्रचण्डका विश्वास पात्रका रुपमा चिनिएपनि प्रदेशमा माओवादीभित्रै उनको विरोध भएको थियो । यसअघि कांग्रेससँगको गठबन्धनमा माओवादीकै सांसदहरुले विरोध गरेर उनलाई सरकारमा जान रोकेका थिए ।
उनी यसअघि एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा ३ महिना अर्थमन्त्री भएका थिए । माओवादीभित्रको जनार्दन शर्मा समूहमा रहेका नेताहरुले उनलाई शक्तिमा आउन दिएका थिएनन् । संसदीय दलकै नेतासमेत हटाउन पार्टी केन्द्रसम्म पुगेका केही सांसदहरु प्रचण्डको कुरा सुनेपछि फिर्ता भएका थिए ।
संघीयतापछि लुम्बिनीमा नेकपा एमालेका शंकर पोखरेल पहिलो मुख्यमन्त्री भएका थिए भने, माओवादी केन्द्रका कुलबहादुर केसी दोस्रो, एमालेका लिला गिरी तेस्रो तथा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी चौथो मुख्यमन्त्री भएका थिए । महरा लुम्बिनीको पाँचौं मुख्यमन्त्री बनेका हुन् ।