जनकपुरधाम:‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएको भन्दै छानबिनको मागसहित प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको समितिका एक सदस्यले जानकारी दिएका छन् । बेलायती पत्रकार टमले बरजिसले लेखेको सो कुकुल्यान्ड पुस्तकमा प्रधानमन्त्री प्रचण्ड टेलिकम भ्रष्टाचारमा संलग्न रहेको दाबी गरिएको छ ।

उनको पुस्तकमा नेपालको टेलिकम व्यापारमा भएको भ्रष्टाचारको वृत्तान्त खोतलिएको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि यस विषयमा बहस भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, व्यवसायी अजेय सुमार्गीलगायत व्यक्तिका विषय पुस्तकमा उल्लेख गरिएको छ । यसैका आधारमा उजुरी परेको ती सदस्यले बताए ।

“सञ्चारमाध्यममा आएको समाचारको आधारमा उजुरी आएको मलाई जानकारी आएको छ,” ती सदस्यले भने । हुनत प्रधानमन्त्री प्रचण्डले शुक्रबार गोरखामा पत्रकारहरूसँग अन्तर्क्रिरयामा कुकुल्याण्ड पुस्तकमा आफूविरुद्ध टेलिकम भ्रष्टाचारका विषयमा उल्लेख गरेका विषय कपोलकल्पित भएको स्पष्टीकरण दिइसकेका छन् ।

सो पुस्तकमा नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ ।

कुनै बेला अवैध काठ ओसारपसार गरेको अभियोगमा पक्राउ परेका भनिएका हेटौंडाका अजेय सुमार्गी बेलायती बिचौलिया मोहम्मद अमेर्सीको आशीर्वादमा कसरी अर्बपति भए भन्ने पुस्तकमा उल्लेख छ । समग्रमा ‘कुकुल्याण्ड’ले नेपालमा टेलिकम भ्रष्टाचारको वृत्तान्त नै दिएको छ ।

तीन पटक देशको प्रधानमन्त्री भएका प्रचण्डसँग राजावादीहरूको संगतमा रहेका अजेय सुमार्गीको निकटता, हेलो नेपालको स्थापना, टेलियासोनेराको हेलो नेपालमा भएको लगानी र एनसेल खरिदबिक्री प्रकरणमा उनीहरूको संलग्नता पुस्तकमा देखाइएको छ । पुस्तकका अनुसार युद्धका बेला ‘बैंक लुटपाटमा संलग्न भएका’ माओवादीले त्यसपछि नक्कली लडाकुको नाममा पैसा जम्मा गरे । पुस्तकमा ‘श्रीपेच जलाऔं’ भन्दै हतियार बिसाएर सडकमा आएका माओवादी संसद्को सबैभन्दा ठूलो दल बनेको चर्चा गरिएको छ ।

माओवादीसँग नजिक हुन सुमार्गीले के के गरे ? भर्खरै युद्ध गरेर काठमाडौं आएका प्रचण्डलाई सुमार्गीले उनको लागि आवश्यक सबै बन्दोबस्त मिलाएको, बस्ने बास दिएको, राम्रो ब्रान्डको ह्विस्की खुवाएको प्रसङ्गहरू पुस्तकमा छन् । प्रचण्डलाई रक्सीको स्वाद मन परेको र उनका लागि सुमार्गीले रक्सीको खोलो नै बगाएको प्रसंग पुस्तकमा उल्लेख छ । ‘सुमार्गीले राम्रो बोतल राख्छन् । आफ्ना मालिकको लागि रक्सीको खोलो नै बग्छ’, पुस्तकमा उनले लेखेका छन् ।

पुस्तकका अनुसार युद्धका बेला ‘बैंक लुटपाटमा संलग्न भएका’ माओवादीले त्यसपछि नक्कली लडाकुको नाममा पैसा जम्मा गरे । पुस्तकमा ‘श्रीपेच जलाऔं’ भन्दै हतियार बिसाएर सडकमा आएका माओवादी संसद्को सबैभन्दा ठूलो दल बनेको चर्चा गरिएको छ । विस्तारै सुमार्गी माओवादी नेतृत्वसँग नजिक भएको वृतान्त उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको